महानगरपालिकाले एउटा निजी कम्पनीलाई करिब १३ सय सौर्यबत्ती जडान गर्ने स्वीकृति दिएसँगै अहिले धमाधम काम भइरहेको छ । सौर्यबत्ती जडानपछि शहरको शोभा बढ्ने विश्वास महानगरपालिकाले लिएको छ । काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि शहर झिलिमिली बनाउने अभियान अघि बढाएको छ । महानगरपालिकाले शहरका विभिन्न ठाउँमा सौर्य बत्ती जडान गरी झिलिमिली बनाउने अभियान अघि सारेको हो…