कक्षा ६ र ७ मा पढाइ हुने तय भएको पाठ्यपुस्तक पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
रेडपाण्डा नेटवर्कका संरक्षण संयोजक पेमा शेर्पाले यो शैक्षिक वर्षमा ताप्लेजुङ, पाँचथर र इलामका तीनवटा विद्यालयमा वातावरण संरक्षण शिक्षाको स्थानीय पाठ्य सामग्री पढाइने बताए ।
उनका अनुसार पुस्तकमा कक्षा ६ का लागि ५ र कक्षा ७ का लागि थप ५ इकाइ पाठ्य सामग्री समेटिएका छन् । पहिलो वर्ष कक्षा ६ का लागि मात्र यो पाठ्यपुस्तक पढाउने व्यवस्था गरिने छ ।
रेडपाण्डा नेवर्टकका संरक्षण संयोजक शेर्पाले अर्को वर्षबाट कक्षा ६ र ७ मा एकैपटक पाठ्य सामग्री प्रयोगमा ल्याइने जानकारी दिए ।
पाठ्य सामाग्री स्थानीय सापेक्षता र अध्ययनमा आधारित भएको बताइएको छ ।
रेडपाण्डा नेटवर्कले पाँचथर, इलाम र ताप्लेजुङका संरक्षणका क्षेत्रमा कलम चलाउने पत्रकारका लागि जैविक विविधता संरक्षणमा सञ्चारकर्मीको भूमिका विषयक दुई दिने तालिमको आयोजनासमेत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्