चुनावकाबेला काठमाडौं महानगरपालिकादेखि नगरपालिकाहरुले निर्वाचन जित्न जनतालाई केमात्र आश्वासन बाँडेनन् र ? मेट्रोरेलदेखि स्मार्टसिटीको सपना त सबैको मुखमुखमै झुन्डिएका थिए ।
तर, काठमाडौं महानगरको यत्रतत्र टाँगिएका ठूल्ठूला होर्डिङ बोर्डले भने ती आश्वासनधारीलाई गिज्याइरहेको भान हुन्छ ।
काठमाडौं मुलुककै राजधानीे । यो मुलुकका अरु सहरका लागि अनुकरणीय हुनुपर्ने हो । अरुले पनि राजधानीको विकास, अनुशासन, र सभ्यताप्रति गर्व गर्नुपर्ने हो ।
तर, काठमाडौंलाई जसरी अव्यस्थित सहरीकरणले गाँजेको छ, त्यसले भने बाँकी मुलुकले राजधानीप्रति गर्व गर्ने अवस्था देखिन्न । बरु मानिस सडकमा निस्कँदा नीति निर्माण तहमा रहेकालाई धिक्कार्नमात्र थाल्दछन् ।
पछिल्लो समय जनसंख्याको चाप बढेसँगै सहरी व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान नजाँदा सहरको स्वरुपमै परिवर्तन आएको छ ।
अझ सहरमा यत्रतत्र झुन्ड्याइएका ठूल्ठूला होर्डिङ बोर्डले सहरवासीलाई गिज्याइरहेको भान हुन्छ ।
सवारी–साधनको चापसँगै ट्राफिक जाम, खाल्डाखुल्डी र जीर्ण सडक, लथालिङग बत्तीका पोलमा जेलिएको तार, अव्यवस्थित पार्किङ, धूलो–धुवाँलगायतले सहरलाई कुरुप बनाइरहेको छ । यसले दिनानुदिन मानव जीवनमै ठूलो असर पनि पार्दैछ ।
कानुनभन्दा माथि कोही हुनै सक्दैन तर यहाँ कानुन मिच्नेहरुकै हाँकोडाँको ठूलो छ । र, त विभिन्न विषयमा व्यावसायिकरुपमा खोलिएका निजी शैक्षिक संस्थाका होर्डिङ बोर्डहरुलाई जे–जसरी पनि झुन्ड्याउने अनुमति मिलेको छ ।
व्यवसायीले जथाभावी घरकाको झ्याल नै छोपिने गरी ठूल्ठूला होडिङ बोर्ड झुन्ड्याएका छन् । जसले सहरलाई कुरुप बनाएको छ ।
व्यवसायीले मापदन्डविपरीत बोर्ड राखेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीकै पनि स्वीकारोक्ति छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्