Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


अस्थायी शिक्षक पुनः आमरण अनशन बस्ने


0
Shares

गत असार ९ गते शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच चारबुँदे सहमति भएको थियो ।

समितिका अध्यक्ष होमनाथ चौलागाईंले सहमति कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौं संशोधन गरिनुपर्ने, ऐन संशोधन भएको ४५ दिनसम्म शिक्षकको विज्ञापन नखोल्ने सुनिश्चितताका लागि यही साउन १८ गतेबाट भद्रकालीमा अनशन बस्ने निर्णय गरिएको बताए ।

सहमतिअनुसार कानुन संशोधनपछिमात्र शिक्षकको परीक्षा हुनुपर्ने समितिको माग छ ।

महासंघले भने शिक्षक सेवा आयोगले यसअघि तय गरेको आगामी भदौ ३ गतेको शिक्षकको परीक्षा रोक्न नहुने बताउँदै आएको छ ।

अध्यक्ष चौलागाईंले आफूहरुको हितविरुद्ध निर्णय गरेकाले महासंघका पदाधिकारीको राजीनामा पनि आन्दोलनको विषय हुने जनाए ।

चारबुँदे सहमतिबमोजिम संवत् २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्मको कुल रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ प्रतिशत खुलातर्फ विज्ञापन गर्ने विषयमा आन्तरिकतर्फको विज्ञापनमा पद संख्या समायोजन (अनुपात मिलान) गरिने उल्लेख थियो ।

हाल २६ हजार १५१ शिक्षक दरबन्दी रिक्त छ । रासस

Skip This