वाढीले फिदिम नगरपालिका–४ का दिलकुमार यक्पाङदेन र हिलिहाङ गाउँपालिका–७ का लक्ष्मीकुमार तामाङको खेत बगाएको हो । सुरुङबाट पसेको बाढीले जलविद्युत् आयोजनाको अडिट एरियादेखि सिधै मुनि रहेको यक्पाङदेनको मात्र करिब २१ रोपनी खेत बगाएको हो । भर्खरै धान रोपेको खेत बगाएपछि किसान चिन्तित बनेका छन् । उनीहरुले आयोजना निर्माण कम्पनी माउन्टेन हाइड्रोले क्षतिपूर्ति दिनुपर्ने बताएका छन्…