Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


४०० बढीले घस्रिएर तौलेश्वरनाथ महादेव मन्दिरमा जल चढाए (७ तस्वीर)


0
Shares

त्यसैगरी, महिला र बालबालिकासहित ४०० भन्दा बढी श्रद्धालुले जमिनमा घिस्रिएर जलापर्ण गरेका छन् ।

साउन महिनाको सोमबार बाणगंगा नदीमा स्नान गरी जल लिइ बोलबमको नारा लगाउँदै घस्रिएर भक्तजनले महादेव मन्दिरमा जलापर्ण गरेका हुन् ।

रातभर जाग्राम बसेर बिहान स्नान गरी जलार्पण गर्ने चलन रहेको छ । साउनमा शिव मन्दिरमा जलापर्ण गर्नाले पुन्यफल मिल्ने विश्वासका साथ भक्तजनहरुले जलापर्ण गर्ने गरेका हुन् ।

तिलौराकोट किनारमा अवस्थित प्राचीन भागिरथी (बाणगंगा) नदीमा स्नान गरी जल लिइ भजन–कीर्तन गर्दै भक्तजनहरु पाँच किलो मिटर टाढा रहेको ताम्रेश्वर महादेव मन्दिरमा आउने गरेका छन् ।

विक्रम संवत् १८७२ सालमा स्थापित तौलेश्वर महादेवको मन्दिर यहाँका हिन्दु धर्मावलम्बीहरुको ठूलो आस्थाको केन्द्र हो ।

तौलेश्वर महादेवको मन्दिरमा जल चढाउन कपिलवस्तु, रुपन्देही, दाङ, अर्घाखाँचीलगायतका स्थानहरुबाट आउने गरेका छन् ।