Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


डा.केसीसँग सम्बन्धित बैठकमा शिक्षा र स्वास्थ्यमन्त्री नै अनुपस्थित


0
Shares

समितिले आज उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई डा केसीको अनशन र जीवन रक्षाका बारेमा छलफलका लागि आज बिहान ११ बजे बोलाएको थियो ।

समितिका सभापति सुशीलकुमार श्रेष्ठले सम्बन्धित विषयका विभागीय मन्त्री समितिले बोलाएको बैठकमा नआएर छलफलको विषयलाई हल्का ढंगबाट लिई सार्वभौम संसद्लाई अपमान गरेको बताए ।

उनले भने ‘‘केसीले उठाएका विषयलाई यसअघि नै सरकारले उचित हो भन्दै सम्झौता गर्ने, अनि कार्यान्वयन गर्न नसक्नुका समस्या के हो ?, १५ दिनदेखि ११ औँ पटक अनशन बस्ने अवस्था आउनुको कारण के हो ? भन्ने विषयमा छलफलका लागि समितिमा बोलाएको हो तर उहाँहरु नआउँदा हामीले समितिको अपमान सम्झेका छौँ ।’’

समितिले बोलाएको बैठकमा सहभागी हुन शिक्षामन्त्रीले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ तथा स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठलाई पठाएको थियो ।

तर समितिका सभापति श्रेष्ठले गम्भीर विषय भएकाले मन्त्रीलाई सहभागी हुन बोलाइएकाले उनीहरुसँग छलफल नगर्ने भन्दै अर्को पटकका लागि उक्त विषयको छलफल स्थगित भएको जानकारी गराएका थिए ।

यसी साउन २६ गते बस्ने समितिको अर्को बैठकमा अनिवार्य उपस्थित हुन दुबै मन्त्रीलाई समितिले निर्देशन पनि दिएको छ ।

डा. गोविन्द केसी चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित हुनुपर्नेलगायतका माग राखी १५ दिनदेखि अनशनमा छन् । रासस