वाढीले फिदिम नगरपालिका–४ का दिलकुमार यक्पाङदेन र हिलिहाङ गाउँपालिका–७ का लक्ष्मीकुमार तामाङको खेत बगाएको हो ।
सुरुङबाट पसेको बाढीले जलविद्युत् आयोजनाको अडिट एरियादेखि सिधै मुनि रहेको यक्पाङदेनको मात्र करिब २१ रोपनी खेत बगाएको हो । भर्खरै धान रोपेको खेत बगाएपछि किसान चिन्तित बनेका छन् ।
उनीहरुले आयोजना निर्माण कम्पनी माउन्टेन हाइड्रोले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।
यसैबीच, रानीटार र लुङरुपाको सीमाना भएर बग्ने आप्पा खोलाको मुहानमा बाढी पस्दा फिदिमबासी धमिलो पानी पिउन बाध्य छन् ।
यस्तै, गएराति परेको अविरल वर्षाले पाँचथरको फिदिम नगरपालिकास्थित नाम्दुखोलामा निर्माण गरिएको पुल बगाउँदा रानीटार र लुङरुपाबाट सदरमुकामको सम्पर्क बिच्छेद भएको छ ।










प्रतिक्रिया दिनुहोस्