शनिबार राति ८:३० बजे लेक लागेर अछाम जिल्ला मल्लेख गाउँपालिका– ५ का वडा अध्यक्ष बोहराको मृत्यु भएको थियो ।
मृतकको शव गृह जिल्ला लिनका लागि आएको हेलिकप्टर मौसम खराबीका कारण घटनास्थलतर्फ जान नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए ।
बोहराको मृत्यु भएको एक दिनपछि आएको हेलिकप्टर अवतरण गर्न खोज्दा बादल र पानीका कारण त्रिवेणी लैजान समस्या भएको हो ।
घटनामा तीनजना प्रहरी र मृतकका आफन्त मात्र साथमा रहेको प्रहरीको भनाइ रहेको छ ।
शवलाई हेलिकप्टरबाहेक अन्य माध्यमबाट ल्याउन सक्ने अवस्था नरहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले बताए ।
शव ल्याउनका लागि हेलिकप्टर तयारीमा भए पनि मौसमले मुस्किल भएको निमित्त प्रमुख जिल्ला अधिकारी मल्लको भनाइ छ ।
अहिले हेलिकप्टर समरजित गुल्मको सुरक्षामा राखिएको बताइएको छ । रासस










प्रतिक्रिया दिनुहोस्