Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


रसुवामा पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु, एक बेपत्ता, ८ घर पुरिए


0
Shares

पहिरोले ८ घर पुरिएका छन् । मृत्यु हुनेहरु सबै एकै घरका सदस्य हुन् ।

पहिरोमा पुरिएर ३३ वर्षीया मुना थापामगर, ४ वर्षीय बालक रविन थापामगर र ७८ वर्षीय भक्तबहादुर नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी बेपत्ता उनीहरुको शव सोमबार दिउँसो भेटिएको हो ।

यस्तै, ७७ वर्षीय धर्मबहादुर थापामगर अझै बेपत्ता छन् ।

उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा आइतबार राति ९ बजेतिर खसेको पहिरोले ८ घर पुरिएका छन् ।

स्थानीय खड्गबहादुर घले, मुना घले, दीपक घले, कान्छी मगर्नी, देवकी भुजेल, लालबहाखुर थापामगर, गोपालबहादुर थापामगर, हरि घले र यवबहादुर थापामगरको घरमा क्षति पुगेको छ ।

पहिरोमा परी लालबहादुर थापामगर र उनकी श्रीमती बिन्दा थापामगर घाइते भएका छन् । बिन्दाको अवस्था गम्भीर रहेको छ ।

बेपत्ताहरुको नेपाली सेनाले खोजी गरिरहेको छ ।

नुवाकोटबाट खटिएको सेनाले बेपत्ताहरुको खोजी गरिरहेको र पहिरोको दलदलका कारण समस्या भएको श्रीनाथ गणका प्रमुख रोहित गुरुङले जानकारी दिए ।

रसुवाबाट पनि उद्धारका लागि सेना घटनास्थलमा पुगेको छ ।