बेपत्ता हुने व्यक्ति ६० वर्षीय डोमी यादव भएको जनाइएको छ । खाँडोखोलाले देउरीभरुवामा बाँध कटान गर्न थालेपछि नियन्त्रणका लागि नेपाली सेनासँगै काम गरिरहेका उनलाई माटोको ढिस्को खसेर पुरेको हो । यसैगरी, राजविराज नगरपालिकाको वडा नम्वर–१०, विरौल गाउँनजिक बाढीले बाँध भत्काउँदा डुमरी, शिवथान, देउरी भरुवाको बस्तीमा पानी पस्ने खतरा बढेको छ । दुई दिनयताको वर्षाले नदीमा…