बालविवाह अन्त्य गराउन सरकारी कार्यक्रम प्रभावकारी भएन : राष्ट्रपति « Imagekhabar – Online News Portal of Nepal


बालविवाह अन्त्य गराउन सरकारी कार्यक्रम प्रभावकारी भएन : राष्ट्रपति


0
Shares

वर्ल्ड भिजन इन्टरनेसनल र सामुदायिक रेडियो प्रसारक संघले बिहीबार राजधानीमा संयुक्तरुपमा गरेको कार्यक्रममा उनले ‘बालविवाह रणनीति २०७२’ सुरु भइसक्दा पनि बालविवाह उल्लेखरुपमा अन्त्य नभएको गुनासो गरे ।

बालविवाहकै कारण बालिकाहरुले शारीरिक र मानसिक समस्या भोग्नुपरेको भन्दै उनले आर्थिक र सामाजिक विकासमा बालविवाह बाधक रहेको चेतना जगाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला खनालले बालविवाह रोक्न आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको बताइन् ।

यस्तै, कानुनमन्त्री यज्ञबहादुर थापाले बालविवाह रोक्न बलियो कानुन बनाउन आफू प्रतिवद्ध रहेको बताए ।

२० वर्ष नपुगी हुने विवाह स्वतः खारेज हुने र बालविवाह गराउनेलाई तीन वर्षको सजाय र ३० हजार रुपैयाँसम्मको जरिवाना हुने कानुन ल्याउने उनीहरुको भनाइ थियो ।