Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


गृहमन्त्रीद्वारा हजयात्रीको बिदाइ


0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार गृहमन्त्री शर्माले हजयात्रीलाई बिदाइ गरेका हुन् । गृहमन्त्री शर्माले हजयात्रीलाई नेपालको झन्डा प्रदान गर्दै यात्राको सफलताको कामना गरेका थिए ।

उनले यात्राकोक्रममा नेपालको प्रचार–प्रसार गर्नसमेत आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

हजयात्राका लागि बिहीबार १३० जना मुसलमान समुदायका हजयात्री साउदी अरबतर्फ लागेका छन् ।

गृह मन्त्रालयको समन्वयमा यस वर्ष एक हजार २१० जना मक्का–मदिनामा हज गर्न जाने केन्द्रीय हज समितिले जानकारी दिएको छ ।

तीमध्ये १० जना प्रतिनिधिमन्डलका सदस्यहरु रहनेछन् । हज समितिले बनाएको टुर प्याकेजअनुसार हजयात्री ४५ दिनपछि स्वदेश फर्कनेछन् । रासस