Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


छुट्टाछुट्टै दुर्घटनामा एक बालिकासहित दुईजनाको मृत्यु


0
Shares

पूर्वपश्चिम राजमार्गअन्तर्गत् सप्तरीको कल्याणपुर सडकखन्डमा बसको ठक्करबाट एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना५ख ५०६१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स८प १३९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा, धनगढी नगरपालिका–५ बस्ने २५ वर्षीय सशस्त्र प्रहरी जवान सोमबहादुर मगरको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक सशस्त्र प्रहरीको दरबन्दी कहाँ रहेको छ भन्ने खुल्न नसकेको र ठक्कर दिने बस तथा चालकलाई नियन्त्रणमा लिइएकोे कल्याणपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, सप्तरीकै सुरुगा नगरपालिका–८ स्थित भित्री सडकखन्डमा ना३ख १६२९ नम्बरको सुनौलो बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही स्कुलमा अध्ययनरत् स्थानीय धर्म शाहकी ६ वर्षीया छोरी निश्चल शाहको मृत्यु भएको प्रनाउ यादवराज उप्रेतीले बताए ।

उक्त बसले विद्यार्थी लिएर विद्यालय आउनेक्रममा ती बालिकालाई ठक्कर दिएको थियो ।

ठक्कर दिने बस र चालकलाई कडोरवना इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । रासस