भैरवकुमारीको रोचक जात्रा दोलखामा सुरु, युद्धको शैलीमा नाच देखाईदैं « Imagekhabar – Online News Portal of Nepal


भैरवकुमारीको रोचक जात्रा दोलखामा सुरु, युद्धको शैलीमा नाच देखाईदैं


0
Shares

हरेक वर्ष गाईजात्राको भोलिपल्टदेखि षष्टीको रातसम्म लाग्ने यो जात्रा बुधबार रातिबाट सुरु भएको हो । जात्रामा ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीले राति पूजापाठ गरेपछि सुरु हुने नाचमा भैरव र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरुको भीड लाग्ने गरेको छ ।

मन्दिर र मूर्तिहरुको प्राचीन शहर दोलखामा करिब पाँच सय वर्षअघिदेखि भैरवकुमारीको जात्रा लाग्दै आएको छ ।

द्वादशीदेखि पाँचदिनसम्म प्रत्येक साँझपछि भैरब, कुमारीलगायत सेनामेनाहरु सिँगारेर लहरै बस्छन् ।

पूजाको विधि सकिएपछि सिँगारिएर बसेका मुकुण्डोधारी र अन्यलाई दर्शन गरी दक्षिणा चढाएपछि ब्रतालुले खाना खाने चलन छ ।

स्थानीय बाजागाजासहित भैरव र कुमारीलगायत ३२ जनाको समूह युद्धको शैलीमा विभिन्न टोलको डबलीमा नाच्दै सहरको परिक्रमा गर्ने परम्परा छ ।