विश्वविद्यालयको छैंठौं साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले दक्ष जनशक्ति उत्पादन गरेर देश विकासमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न मुलुकमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत भएको बताए ।
शिक्षामा पछाडी परेको समुदायलाई शिक्षाको पहुँचमा ल्याउनसमेत उनले निर्देशन दिए ।
विश्वविद्यालयलाई जुनसुकै सहयोग गर्न पनि सरकार तयार रहेको भन्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयलाई भाषा, साहित्य र साँस्कृतिक थलोको रुपमा विकास गर्न पनि निर्देशन दिए ।
कार्यक्रममा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आगामी वर्षदेखि विश्वविद्यालयलाई कृषि अध्ययन अध्यापन केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठलगायतले सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै शैक्षिक केन्द्रको रुपमा विकास गर्न सरकारसँग आग्रह गरे ।










प्रतिक्रिया दिनुहोस्