विद्यालय तथा गाउँमा सामूहिक रुपमा टीका, जमरा लगाएर विजयादशमी मनाइएको हो । यहाँका खासगरी व्राम्हण, नेवार तथा अन्य जातिहरुले पनि २०६९ सालदेखि नियमित बर्षेनी दशैँ आउनुभन्दा करिब एक महिना पहिला नै दशैँको टीका लगाउँदै आएका छन् । विभिन्न कारणले तिथिहरु एक महिना अघि सरेको भन्दै पर्व सुधार गर्न भनी यहाँ अभियान चल्दै आएको छ ।…