Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


0
Shares

काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बा४ख ६५७२ नंको माइक्रोबसको ठक्करबाट सोही ठाउँ बस्ने २७ वर्षीय बुधेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मण्डललाई बाटो काट्ने क्रममा माइक्रोबसले ठक्कर दिएको थियो ।

घटनापछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने माइक्रोको तोडफोड गर्दै अहिले पूर्व–पश्चिम राजमार्ग सडकखण्ड अवरुद्ध पारेका छन् ।

बाटो खुलाउन इलाका प्रहरी कार्यालय कडरबोनाको टोली त्यहाँ पुगेको जिप्रकाले जनाएको छ । रासस