Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


बाढीले बगाएर भारत पुर्‍याएको ७ गैंडाको उद्धार, अझै एउटालाई ल्याउन बाँकी


0
Shares

दुई दिनको प्रयासपछि उद्धार गरिएको गर्भिणी गैंडालाई गएराति निकुञ्जमा छाडिएको सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल तथा वरिष्ठ पशु चिकित्सक डा. कमल गैरे नेतृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रको दक्षिणपूर्व करिब १६ किलोमिटर टाढा भेडियारी भन्ने स्थानबाट गैंडाको उद्धार गरिएको थियो । भारतमा गैंडा रहेको सूचना पाएपछि निकुञ्जका प्राविधिकसहितको टोली यही भदौ १३ गते उद्धारका लागि दोस्रो पटक भारत गएको थियो ।

यसअघि निकुञ्जले भारतबाट पाँच र नेपाल–भारत सीमा क्षेत्रबाट एउटा गरी ६ वटा गैंडाको उद्धार गरिसकेको छ ।

अहिलेसम्म बाढीबाट बगाएका सात गैंडाको उद्धार गरिएको चितवन निकुञ्जले जनाएको छ । अझै एउटा गैंडा भारतमा रहेकाले प्राविधिकसहितको टोली गैंडाको खोजीमा रहेको निकुञ्जले जनाएको छ ।