प्रधानन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा संवैधानिक विवाद सुनुवाइका लागि संवैधानिक इजलासलाई पूर्णता दिइएको हो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश पराजुलीका साथै सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा र दीपककुमार कार्की तोकिएका छन् ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको अवकाशपछि इजलास अपूर्ण थियो । इजलासमा चोलेन्द्र शमशेर र दीपककुमार नयाँ थपिएका हुन् ।










प्रतिक्रिया दिनुहोस्