प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको बृहद् पूर्ण इजलासले आज(मंगलबार) सो फैसला गरेको हो । प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले प्रहरी नायब महानिरीक्षकमा बढुवा गर्दा आफूलाई अन्याय भएको भन्दै दायर गरेको रिट निवेदनमाथिको बृहत छलफल र सुनुवाइपछि मंगलबार उक्त फैसला आएको हो…