Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


तीव्रगतिमा मोटरसाइकल हाँक्दा युवकको ज्यान गयो, युवती घाइते


0
Shares

ना १७ प २४८१ नम्बरको मोटरसाइकलमा सवार सारु सदरमुकाम तम्घासबाट रिडी जाने क्रममा आज बिहान रुरु गाउँपालिका– ३ स्थित फलाटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताए ।

दुर्घटनामा परी घाइते सारुको रुरु स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा उनीसँगै सवार रुरु गाउँपालिका– ३ निवासी २१ वर्षीय ईश्वरी रावतसमेत घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्रगतिमा रहेको उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेको थियो । रासस