Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


मुग्लिन-नारायणघाट सडक अब अवरुद्ध नहुने, २४ सै घण्टा खुल्ला !


0
Shares

समस्या समाधानका लागि के गर्नुपर्छ भन्ने अध्ययन गर्न भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङको नेतृत्वमा सडक विभाग, मुग्लिन-नारायणघाट सडक आयोजनालगायत सरोकार भएका निकायका प्रतिनिधिले आज यो सडकको अवस्थाका बारेमा स्थलगत रुपमा अनुगमन गरे ।

अनुगमनपछि राज्यमन्त्री गुरुङले सडककै कारण यात्रु अलपत्र हुन नदिनेतर्फ मन्त्रालय सचेत रहेको बताए ।

यो सडकका सबै खाल्डा पुरी २४ सै घण्टा सवारी चलाउन योग्य बनाइएको छ ।

बुधबारदेखि नै बेलुकी ८ बजेदेखि राति १२ बजेसम्म उपत्यका बाहिर जाने रात्रि बसको चाप हुने भएकाले ट्रकलगायत मालवाहक सवारी प्रवेश निषेध गरिने आयोजना प्रमुख चन्द्रनारायण यादवले बताए ।

सडक विस्तारका काम नसकिएकाले बाटोको धुलो कम गर्न दैनिक आयोजनाले पानी हाल्ने व्यवस्था मिलाएको पनि उनले बताए ।

यो सडकको अनुगमन गर्न दैनिक चार वटा सवारी प्रशासनलाई उपलब्ध गराएको आयोजनाले जनाएको छ ।

यी सवारीका माध्यमबाट आपतकालीन अवस्थामा उद्धारसमेत गरिनेछ ।

पहिरोको सम्भावित जोखिम भएका स्थानमा खस्नसक्ने माटो ढुंगा पन्छाउन डोजर र स्काभेटरलगायत सामग्रीको व्यवस्था गरिएको छ ।

अब पहिरोकै कारण सडक अवरुद्ध नहुने गरी काम गर्न मन्त्रालयले निर्देशन दिएको छ । रासस