Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


खिम्तीका बाढीपीडितले अझै राहत पाएनन्


0
Shares

खिम्तीबजार र आसपासका केही बाढीपीडितले राहत पाएपनि खिम्तीको माथिल्लो भेगका पीडितले राहत नपाएका हुन् ।

डेढ महिनाको अवधिमा सोध्नसमेत कोही नआएको पीडितको गुनासो छ ।

खेतबारी सबै बगाएपछि सम्पत्तिको नाममा एउटा घरमात्र रहेका पीडितलाई खान–लगाउनकै समस्या भएको छ ।

खेतबारीमा लगाएको बालीसमेत पहिरोले बगाएकाले के खाने भन्ने चिन्ता थपिएको छ ।

गत साउन १ गत राति आएको बाढीमा परी खिम्तीमा दुईजनाको मृत्यु भएको थियो भने तीनजना अझै बेपत्ता छन् ।