उनिहरुको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपरासीको सुस्ता गाउँपालिका–५ का थर नखुलेका बच्चुराम र सोही ठाउँ बस्ने रमाशंकर सिंह रहेको प्रहरीले जनाएको छ ।
घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको लु१ख ६६२३ नम्बरको बस सोमबार राती २ बजे तीब्र गतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । बसमा ४४ यात्रु सवार थिए ।










प्रतिक्रिया दिनुहोस्