झापाको काँकडभिट्टामा शुक्रबार सम्पन्न फाइनलमा मनाङ–मर्स्याङ्दी क्लबलाई ‘टाइब्रेकर’मा ३–२ ले हराउँदै आर्मीले जारी सिजनमा तेस्रो उपाधि हात पारेको हो । निर्धारित् समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे । मनाङका लागि विमल बस्नेत र हेमन गुरुङलेमात्र गोल गरे ।…