भीरबाट लडेर मह शिकारीको मृत्यु • Image Khabar Image Khabar


भीरबाट लडेर मह शिकारीको मृत्यु


Imagekhabar
१६ मंसिर २०७४, शनिबार ११:४४

भीरबाट लडेर मह शिकारीको मृत्यु

दग्नाम, गैरीगाउँका ४८ वर्षीय तिलु पुर्जाको मह शिकार गर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्वादिलो र गुणकारी भए पनि भीरमह झिक्न भने गाह्रो छ । चोयाको डोरीको भर्‍याङ बनाई मह निकाल्ने परम्परागत विधिमा उच्च जोखिम छ । मह निकाल्ने मुख्य व्यक्तिले सुरक्षा डोरीसमेत नलगाउने र चोयाको पुराना लट्ठा प्रयोग गर्ने हुँदा दुर्घटनाको जोखिम हुने गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्