Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


नेपाली सेनाद्वारा विद्यालय भवनको जिर्णोद्धार


0
Shares

३ बर्षअघिदेखि छाना तथा भवन भत्किएर जिर्ण अवस्थामा रहेको उक्त विद्यालयको भवन निर्माण तथा मर्मत गरिएपछि विद्यालयमा अध्ययनरत बालबालिकालाई सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम पार्कीले जानकारी दिए । उनले भने, ‘नेपाली सेनाले गरेको यो कार्य निकै सह्राहनीय छ, अब हामीलाई पठनपाठन गर्न निकै सजिलो भएको छ ।’

नेपाली सेनाले उक्त भवनको भत्किएको गारो तथा पिलर निर्माण, नयाँ काठ तथा जस्ता फेर्ने कार्य, झ्याल ढोका फेर्ने कार्य, भुँई मर्मत तथा प्लाई ठोक्ने कार्य र रङरोगन गर्ने कार्य गरेको बैतडीस्थित शत्रुमर्दन गूल्मका गुल्मपति सेनानी सुदीप बानियाँले जानकारी दिए ।

शत्रूमर्दन गूल्मले आफ्नै श्रोत, साधन तथा जनशक्ति परिचालन गरि निर्माण कार्य पूरा गरेको हो । उनले भने, ‘हामीले करिव २ लाखको लगानी तथा आफ्नो स्रोत–साधन प्रयोग गरी विद्यालय भवन जिर्णोद्धार गरेका हौं ।’

नेपाली सेनाले आफू कार्यरत स्थानहरुमा सामूदायिक हितलाई मध्यनजर गरि विभिन्न सामाजिक कार्यहरु गर्ने निती अनूरुप उक्त विद्यालय भवनको मर्मत तथा जिर्णोद्धार गरेको शत्रूमर्दन गूल्म बैतडीले जनाएको छ ।