नदीबाट ढुंगा र बालुवा निकाल्दा नदीले धार परिवर्तन गर्न थालेपछि जोखिम बढेको हो । स्काभेटर प्रयोग गरी जथाभावी ढुंगा र बालुवा निकालेपछि नदीको मौलिक स्वरुपमा समेत परिवर्तन आएको छ । आसपासका वस्ती जोखिममा परेका छन् । माग्दीको बेनी बजार संरक्षण आयोजनाअन्तर्गत म्याग्दी नदीको मंगलाघाट क्षेत्र, दोभिल्ला र कालीगण्डकीको बेनीबजार खण्डको किनारामा आरसीसी र रिटेनिङ अर्थात…