कालिकोटमा अनिश्चितकालीन कर्फ्यु, झडपमा २० जनाभन्दा बढी घाइते • Image Khabar Image Khabar


कालिकोटमा अनिश्चितकालीन कर्फ्यु, झडपमा २० जनाभन्दा बढी घाइते


Imagekhabar
८ पुष २०७४, शनिबार १९:५३

कालिकोटमा अनिश्चितकालीन कर्फ्यु, झडपमा २० जनाभन्दा बढी घाइते

शनिबार धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी स्थानीयवासी र एकजना प्रहरी घाइते भएका छन् ।

स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले अर्काे आदेश नहुन्जेलसम्मका लागि जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेको छ ।

घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा पीडितपक्ष, राजनीतिक दल नागरिक समाज र प्रशासनबीच छलफल भएपनि कुनै सहमति नभएको नागरिक समाजका अगुवा एवं सन्चारकर्मी रत्न कार्कीले जानकारी दिए ।

पीडितपक्षले मृतकलाई सहिद घोषणा, उचित क्षतिपूर्तिको व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् ।

प्रशासनले सबै माग आफूहरूले पूरा गर्न नसक्ने र कतिपय निर्णय मन्त्रालयले गर्नुपर्ने भएकाले मागकाबारेमा आइतबार बिहानसम्म पर्खन आग्रह गरेबमोजिम शनिबारको छलफल सकिएको उनले जानकारी दिए ।

छलफलका लागि सुर्खेतबाट क्षेत्रीय प्रशासक सुरेश प्रधान, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सूर्यविक्रम शाह, अनुसन्धानका प्रहरी नायब महानिरीक्षक टेकेन्द्र शाक्यसमेत कालिकोट पुगेका थिए ।

शुक्रबार तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी सान्नी–त्रिवेणी गाउँपालिका–४ का ऐडीको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्