विपद व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरुले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४४ औं स्थापना दिवसको अवसर पारेर एपीएफका गोताखोरहरुको निःशुल्क विमा गरेको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्यमा आइतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई निःशुल्क बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा…