२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


इन्द्रजात्रा सम्बन्धी तस्विर प्रतिस्पर्धामा शाक्य प्रथम


0
Shares

गएको इन्द्रजात्रामा वसन्तपुर तथा त्यस आसपास क्षेत्रमा विभिन्न २३ कलाकारले खिचेका एक सय तस्वीरको शनिबार गरिएको प्रतियोगितात्मक प्रदर्शनीमा शंकर भुजेल र रोहित महर्जन दोस्रो भएका छन् ।

शाक्यलाई १० हजार तथा भुजेल र महर्जनलाई पाँच–पाँच हजार पुरस्कारसमेत दिइएको छ ।

इन्द्रजात्रा गर्नका लागि जीवित देवी कुमारी, गणेश, भैरवका रथयात्रा चलाउनुपर्ने परम्परा भएकाले उनीहरुको समेत तस्वीर संकलन तथा प्रदर्शन गरिएको छ ।

सर्वहीत नेपाल र सुखावती मल्टी प्रोडक्सनले हिजो वसन्तपुरमा गरेको कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उनीहरुलाई पुरस्कार वितरण गर्दै देशको मौलिक पर्वका रुपमा इन्द्रजात्राले विशिष्ट स्थान लिएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिए  ।