२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपालको विकासका लागि भारत सदैव तयारः महावाणिज्यदूत प्रधान


0
Shares

आज चितवनको भरतपुरमा पत्रकारहरुसंग कुरा गर्दै महावाणिज्यदूत प्रधानले नेपालको विकासका लागि भारतले लगानी बढाईरहेको भन्दै यसलाई निरन्तरता दिइने बताए ।

उनले नेपालमा स्थीर सरकार बने विकास निर्माणले गति लिने भन्दै विकास निर्माणलाई प्राथमिकता राखेर अघि बढ्नुपर्ने बेला आएको बताए ।

नेपालको विकासका लागि सबैभन्दा बढि भारतकै सहयोग रहेको भन्दै आगामि दिनमा पनि सहयोगलाई बढाउँदै लैजाने बताए ।

महावाणिज्यदूत प्रधानले भारत सरकार नेपालको सडक निर्माणलाई प्राथमिकता दिइरहेको भन्दै हुलाकी राजमार्ग पछि अन्य क्षेत्रको राजमार्ग फराकिलो बनाउने अभियानमा भारत सरकार जोड दिईरहेको बताए । उनले नेपालको राजनीतिक परिवर्तनले भारतको सहयोग नरोकिने समेत स्पष्ट पारे ।

यस्तै महावाणिज्यदूत प्रधानले वीरगञ्जदेखि नारायणगढ सडक खण्डलाई ६ लेनको बनाउने देखि ठोरीदेखि भरतपुरसम्मको बाटोलाई विस्तार गर्न भारत सरकार सकरात्मक रहेको बताए ।

यस्तै महावाणिज्यदूत प्रधानले नेपाल–भारत मैत्री इ–लाईब्रेरी निर्माण लागि भरतपुरको राष्ट्रिय आधारभुत विद्यालय शान्तिपुरको स्थलगत निरीक्षण गरेका छन् ।

आज विहान विद्यालय पुग्नु भएका महावाणिज्यदूत प्रधानले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गाउँको विद्यालयको निरीक्षण गरेका हुन् ।