सुनकोसीस्थित फोक्सिङटारमा पक्की पुलको अभावमा अस्थायी बेलिब्रिज जडान गरिएको हो । आर्थिक वर्ष २०५१/०५२ मा निर्माण सुरु गरिएको १३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज जडान गरिएसँगै शनिबारदेखि जिल्लाबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने बाटो खुलेको छ ।
पानीको बहाव बढ्न थालेपछि गत जेठमा निकालिएको बेलिब्रिज पानीको बहाव घटेपछि दुई हप्तादेखि पुनः राख्ने काम थालिएको थियो । फोक्सिङटारमा पक्की पुल अभावमा वर्षौँदेखि बेलिब्रिज राख्ने गरिएको छ ।
फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि ६ महिनाका लागि खोटाङ र पूर्वी शहर जोड्ने द्वार खुलेको छ । हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा ५० मिटर लम्बाई र ५ मिटर चौडाई भएको बेलिब्रिज जडान गरिएको हो ।
फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरेपछि सदरमुकाम दिक्तेलबाट गाईघाटसम्म सिधा यातायात सेवा सञ्चालन सुरु भएको छ ।










प्रतिक्रिया दिनुहोस्