नदीबाट ढुंगा र बालुवा निकाल्दा नदीले धार परिवर्तन गर्न थालेपछि जोखिम बढेको हो । स्काभेटर प्रयोग गरी जथाभावी ढुंगा र बालुवा निकालेपछि नदीको मौलिक स्वरुपमा समेत परिवर्तन आएको छ ।
आसपासका वस्ती जोखिममा परेका छन् । माग्दीको बेनी बजार संरक्षण आयोजनाअन्तर्गत म्याग्दी नदीको मंगलाघाट क्षेत्र, दोभिल्ला र कालीगण्डकीको बेनीबजार खण्डको किनारामा आरसीसी र रिटेनिङ अर्थात मेसिनरी पर्खाल निर्माण गर्ने क्रममा म्याग्दी र कालीगण्डकी नदीको व्यापकरुपमा दोहन भएको हो ।
यी दुई नदीका तीन ठाउँमा विगत तीन महिनादेखि स्काभेटर र करिब ३ सय भन्दा बढी कामदारले दैनिक रुपमा ढुंगा, वालुवा निकालेर पर्खाल निर्माणको काम गरिरहेका छन् ।
११ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुँदै गरेको बेनीबजार संरक्षण आयोजनाका ठेकेदारले नदीको मौलिक स्वरुप नै परिवर्तन हुने गरी ढुंगा बालुवा निकाल्दा पनि सरोकारवाला निकाय मौन बसेको आरोप स्थानीयको छ ।










प्रतिक्रिया दिनुहोस्