Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


ट्रयाक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार गएराति करिब ९ बजे लमहीबाट भालुवाङतर्फ गइरहेको रा१त १४०९ नम्बरको ट्र्याक्टरमा सोही दिशातर्फ गइरहेको लु२४प ८८२४ नम्बरको मोटरसाइकल एक्कासि ठोक्किँदा रुपन्देहीका २४ वर्षीय शम्भु चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । (रासस)