
मंगलबार मध्याह्न साढे १२ बजेतिर महाराजगन्ज नगरपालिका–५, इटरोलमा ट्याक्टरको ठक्करबाट दीपराज अहिरका छोरा नवराजको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
बालक सडकमा निस्कनेक्रममा लु३त ९१२४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुवासचन्द्र गैरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्