पूर्वी हिमाली क्षेत्रका चौंरी गोठ न्यानो खोज्दै बेसी झर्न थाले • Image Khabar Image Khabar


पूर्वी हिमाली क्षेत्रका चौंरी गोठ न्यानो खोज्दै बेसी झर्न थाले


Imagekhabar
१९ पुष २०७४, बुधबार ०८:४२

पूर्वी हिमाली क्षेत्रका चौंरी गोठ न्यानो खोज्दै बेसी झर्न थाले

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको उच्च लेकाली तथा हिमाली क्षेत्रका चौंरी र गाईभैंसी गोठ बेसी झर्न थालेका हुन् ।

यी जिल्लाको संगम स्थलको रुपमा रहेको तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी, मिल्के, सुकेपोखरी, दोबाटे, गिद्धे, पाँचपोखरीलगायत क्षेत्रका चौंरी तथा गाईभैसी गोठहरु अहिले तेह्रथुमको श्रीजुङ र संखुवासभाको नुनढाकी गाउँका बस्ती नजिकै आइपुगेका छन् ।

माथिल्लो क्षेत्रमा अत्याधिक चिसो हुन थालेपछि चौंरीहरु न्यानो स्थान खोज्दै तलतिर झर्ने गर्छन् । चौँरी तल झरेपछि खर्क हेरेर गोठ पनि सँगसँगै झार्ने गरिएको छ ।

धेरै गोठ अहिले चिसोका कारण मानव बस्तीको नजिकसम्म झारिएको गोठ सन्चालक प्रेमप्रसाद भारतीले बताए ।

हरेक वर्ष चिसो बढेसँगै मानव बस्ती नजिकै झरेका गोठ वर्खा लागेपछि फेरि उकालो चढ्छन् ।

प्रतिक्रिया दिनुहोस्