काठमाडौं, वैशाख ८ । सभामुख ओनसरी घर्ती मगरको हस्ताक्षर नभए पनि प्रधानन्यायाधीशमा सिफारिस भएकी सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सुशीला कार्कीको संसदीय सुनुवाई प्रक्रिया एक सातादेखि अड्किएको छ । संवैधानिक परिषदले गत ३० चैतमा प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । सो निर्णयमा सभामुखको हस्ताक्षर नभएका कारण परिषदले सुनुवाईको प्रक्रिया अघि बढाउन संसदलाई पत्राचार…