५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


बर्षमा १५ लाख पटक भूकम्प


0
Shares

काठमाडौं, बैशाख ७ । अघिल्लो र यस साता जापान, इक्वेडर, अफगानिस्तानलगायतका मुलुकमा आएका ठूला भूकम्पका कारण नेपाली पनि त्रसित बने–कतै नेपालमा फेरि गत वर्ष वैशाख १२ को जस्तै भूकम्प आउँछ कि भनेर ।

तर भूकम्पको भविष्यवाणी गर्न नसकिए पनि यसको विषयगत प्रकृति हेरेर वैज्ञानिकले नतर्सिन आग्रह गरेका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा प्रत्येक वर्ष चार रेक्टर स्केलमाथिका भूकम्प ५० पटक भन्दा बढी गएका छन् । उनले भने, ‘वैशाख १२ गतेपछि मात्र नेपालीहरुको मानसिकतामा परिवर्तन भएर भूकम्पप्रति सजगता र भय बढेको हो ।’

अधिकारीका अनुसार विश्वमा वर्षभरि १५ लाखपटक भूकम्प जान्छ । सामान्यतया प्रत्येक वर्ष कही न कही ८ रेक्टर स्केलका भूकम्प एकपटक गएको देखिन्छ ।

एक वर्षमा सातदेखि ७।९ रेक्टर स्केलका भूकम्प १५ पटक जाने गरेको अधिकारीले बताए । ‘मध्य नेपालमा गत वैशाख १२ गते आएको भूकम्प दुई सय ५० वर्षछिको हो,’ उनले भने, ‘वैशाख १२ पछि नेपालमा सानाठूला गरेर३० हजार पटक भूकम्प गएका छन् ।’

त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक तथा जियोटेक्निकल इन्जिनियर रञ्जन दाहालका अनुसार भूकम्प जानु पृथ्वीमा हावा चल्नु, बर्षा हुनु, हिउँ पर्नुजस्तै हो । ‘भूकक्प कहिले जान्छ सकैले भन्न सक्दैन, तर तर्साउने कामभन्दा पनि सुरक्षित निर्माणका लागि सबैले सिकाउने काम गर्नुपर्छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट