१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


खुला विश्वविद्यालय विधेयक २०७२ माथि परेका संशोधनबारे छलफल


0
Shares

काठमाडौं, वैशाख ७ । व्यवस्थापिका–संसदको महिला, बालबालिका तथा समाजकल्याण समितिले नेपाल खुला विश्वविद्यालय विधेयक २०७२ माथि परेका संशोधनहरुमाथि छलफल गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकमा धारणा राख्दै सांसदहरुले खुला विश्वविद्यालयको आचारसंहिता बनाउनुपर्ने, निःशुल्क अध्ययन र सामग्री प्रदान गर्ने व्यवस्था गरिनुपर्नेलगायतका विषय उठाएका हुन् ।

यस्तै, विद्या परिषद्को सट्टा संकाय समिति बनाउनुपर्ने, कुलपति, उपकुलपति, शिक्षाध्यक्ष, डीन, निर्देशक सम्बन्धित क्षेत्रमा चुनाव गराइ नियुक्ति गर्नुपर्ने सुझाव पनि सांसदहरुले दिएका छन् ।