१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


ट्रकले स्कुलबसलाई ठक्कर दिंदा १४ घाइते


0
Shares

धादिङ, बैशाख ७ । त्रिभुवन राजपथअन्तर्गत धादिङको नौबिसेस्थित खानीखोला नजिकै सोमबार स्कुलबस दुर्घटना हूँदा १४ जना घाइते भएका छन् ।

काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ८१७२ नम्बरको ट्रकले विद्यार्थी बोकेर खानीखोलातर्फ आउँदै गरेको सुपब क्याटलिस्ट एकेडेमीको बसलाई ठक्कर दिँदा चालकसहित १३ जना विद्यार्थी घाइते भएका हुन् ।

गम्भीर घाइते हुनेमा थाक्रे गाविस– ९ का स्कुल बसका चालक अर्जुन हमाल रहेका छन् । चालक हमाल र एक जना विद्यार्थीलाई उपचारका लागि ललितपुरस्थित बिएन्डबी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

अन्य विद्यार्थीकोे धार्केमा रहेको शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । रासस