१३ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025


असिना पानीले बालीनाली सखाप, रुखले किचेर एकजना घाइते


0
Shares

ताप्लेजुङ, बैशाख ७ । ताप्लेजुङमा परेको असिना पानीले बालीनालीमा ठूलो क्षति पुर्‍याएको छ ।

सोमबार साँझ पानीसँगै परेको असिनाले खाद्यान्न तथा नगदे बालीमा क्षति पुर्‍याएको हो ।

असिना पानीले मकै, सुन्तला र सरकारी बालीमा सबैभन्दा बढी नोक्सानी पुर्‍याएको छ ।

ताप्लेजुङ नगरपालिकाका किसानले लगाएको काँक्रा, लौका, फर्सी, भिन्डी, साग, काउली र मकै बाली असिनाले सखाप पारेको छ ।

त्यसैगरी हाङ्पाङ, चाँगे, लिवाङ, खोक्लिङ, साँघु, ढुंगेसाँघु, तेल्लाबुङ, खाम्लुङलगायतका गाविसमा मकै, गहुँ, तोरी र सुन्तलाको फूलमा बढी क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख रबिन्द्रबहादुर प्रधानले सुन्तलाको फूल फुल्ने समयमा परेको असिना पानीका कारण यस वर्ष सुन्तला उत्पादनमा र्‍हास आउन सक्ने बताए ।

यसैबीच सोमबार बेलुका चलेको हावाहुरीले रुख ढल्दा काठमाडौंको चावहिलमा एक जना घाइते भएका छन् ।

सडकमा हिँडिरहेका बेला रुख ढलेर किच्दा सुर्खेत घर भई हाल सोलुखुम्बु मालपोत कार्यालयमा कार्यरत खरिदार ३१ वर्षीय कर्णबहादुर सुनार घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।