१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


उफ ! गर्मीले सतायो, लोडसेडिङले पीडा दियो


0
Shares

काठमाडौं, (जिल्ला व्यूरो)बैशाख ७ केही दिन यता बढेको अत्यधिक गर्मीले देशैभरको जनजीवन प्रभावित बन्दै गएको छ ।

पहाडी भेगको तुलनामा तराई क्षेत्र त अझ बढी अस्तव्यस्त बनेको छ । त्यसमा पनि पश्चिम तराईमा यस वर्ष अत्याधिक गर्मी भएको छ ।

अघिल्ला बर्षको तुलनामा यो बर्ष चाँडै गर्मी सुरु भएको छ । चैत महिनादेखिनै बढ्न सुरु गरेको गर्मी अहिले अत्याधिक भएको छ । तराईमा मात्र नभई राजधानी काठमाडौंमा पनि निकै गर्मी बढेको छ ।

तराईको तुलनामा काठमाडौंको तापक्रम केही कम भए पनि पछिल्ला केही वर्षयता तापक्रम बढ्ने क्रम जारी छ । गर्मीको त्यति धेरै महसुस नहुने राजधानीमा अहिले दिउँसो हिँडडुल गर्न मुस्किल पर्न थालेको छ ।

काठमाडौंमा अहिले अधिकतम् तापक्रम ३० डिग्री नाघ्न थालेको छ । पूर्वी क्षेत्रमा ३५ र पश्चिम तराईमा अधिकतम् तापक्रम ४२ डिग्रीसम्म पुगेको छ । गर्मीका कारण जनजीवन असहज बन्दै गएको छ ।

मध्य पश्चिमका तराईका जिल्लामा पनि यो बर्ष अत्यधिक गर्मी बढेको छ । नेपालगन्जको तापक्रम अधिकतम् ४२ डिग्रीसम्म पुग्दा सडकमा मानिसको चहल पहल ह्वात्तै पातलिएको छ ।

केही सातादेखि पश्चिम तराईमा बढेको गर्मी र चलेको तातो हावाले यस क्षेत्रको जनजीवन अत्यन्त प्रभावित भएको हो । गर्मी बढ्ने क्रम जारी छ । यस्तै सुदूरपश्चिमी जिल्ला कैलाली र कञ्चनपुरको अवस्था पनि त्यस्तै छ ।

रुपन्देही, कपिलवस्तु, दाङ र बर्दियामा अहिले तापक्रम ४२ डिग्रीसम्म पुगेको छ । एक त गर्मी अर्को लोडसेडिङको कारण पनि सर्वसाधारणलाई पीडामाथि पीडा थपिदिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्