Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


‘जुन समुदायको चाडपर्व उसैलाई मात्र बिदा’


0
Shares

काठमाडौं, बैशाख ७ । नेपालमा रहेका जैन धर्मावलम्बीले जैन धर्मका प्रवत्र्तक ‘श्रवण भगवान् महावीर स्वामी’को दुई हजार छ सय १५ जन्म दिवस विविध कार्यक्रम गर्दै मनाएका छन् ।

जन्म दिवसका अवसरमा नेपाल जैन परिषद्, भगवान् जैन निकेतनले आज यहाँ गरेको कार्यक्रमका वक्ताले भगवान् जैनबाट सबैले अहिंसा, संयमता, तर्कसङ्गत लगायत प्रेरणा लिनुपर्ने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले धार्मिक सहिष्णुतामा जोड दिँदै भने – “शान्ति, सद्भाव, प्रेम मानवतावाद, संस्कृति, समानता र आर्थिक रुपमा समाजिक न्याय नै धर्म हो ।”

उनले एक सय २५ भन्दा बढी जातजाति भएको देशमा सबैलाई बिदा दिँदा काम गर्ने दिनै नरहने हुनाले जुन समुदायको चाडपर्व आउँछ, उसैलाई मात्र बिदा दिने विषय मन्त्रिपरिषद्मा लैजाने जानकारी दिए ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले लगभग समान समयचक्रमा उस्तै अहिंसावादी दुई व्यक्तित्व जैन र गौतम बुद्ध जन्मिनु पूर्वीय गोलाद्र्धका लागि गर्वको विषय भएको बताए ।

जैन परिषद्का अध्यक्ष पुनम व्यासले सबै जाति जनजातिको चाड पर्वमा राष्ट्रिय बिदा दिए पनि जैन समुदायको पर्वमा नदिइएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । रासस