Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन अवैध डलरसहित पक्राउ

प्रहरीले ९३ हजार ६०० अबैध अमेरिकी डलरसहित अवालेलाई पक्राउ गरेको जनाएको छ । काठमाडौंबाट दुबईका लागि नेपाल एयरलाइन्सको आर ए २२९ जहाज उडान भर्न विमानस्थल गएको बेला अवालेलाई प्रहरीले पक्राउ गरेको हो । हृयाण्डक्यारीमा लुकाएको अवस्थामा डलर बरामद गरिएको प्रहरीले जनाएको छ । एयरपोर्ट प्रहरीले थप अनुसन्धानका लागि अवालेलाई राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।