२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दुई करोड प्रतिबन्धित भारुसहित १५ जना समातिए


0
Shares

ब्युरोबाट खटिएको टोलीले भारतमा प्रतिबन्ध लगाइएको रु ५०० र रु एक हजारदरका दुई करोड १६ लाख ६१ हजार भारतीय रुपैयाँसहित मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कमला भण्डारी, दिलीपकुमार लाल, मेघबहादुर थापा, सानुराजा रञ्जित, राजकुमार गिरी, अंकुर अग्रवाल, दिनेश अग्रवाल, अनिलकुमार पन्साली, सुरेन्द्रकुमार सांघाई, सञ्जयकुमार चौधरी, नवराज गुरुङ, पृथ्वी शाह, अमी रुद्दीन, मजेन लामा र पूर्णबासी गुप्ता रहेका छन् ।

उनीहरुले झोलामा लुकाएर सेन्ट्रो कारमा ल्याउँदै गर्दा प्रहरीले फेलापारेको हो ।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको प्रहरीले जनाएको छ । रासस