
बुद्धचोकमा रहेको आफ्नै पक्कीघरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशी मृतावस्थामा फेलापारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
आइतबार राति नै हत्या भएको अनुमान गरिएको सो घटनाको सोमबार बिहानमात्रै स्थानीयवासीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । मृतक दुवैको मुखमा घाउ रहेको बुढामगरले बताए ।
दम्पतीको हत्या गरेर शव कोठामा राखी बाहिरबाट ताला लगाइएको थियो । घटनामा प्रहरीले एक पुरुष र ६ महिलालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
आशंकित अर्का एक व्यक्ति फरार छन् । मृतक दम्पतीका छोरा विदेशमा छन् ।
घरको कारोबारको विषयलाई लिएर उक्त घटना गराइएको हुनसक्ने आशंका गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्