घुस लिएको अभियोगमा २ उपसचिवसहित ४ जना पक्राउ « Image Khabar


घुस लिएको अभियोगमा २ उपसचिवसहित ४ जना पक्राउ


Imagekhabar
४ जेष्ठ २०७४, बिहीबार २०:५४

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार जनज्योति मावि लालबन्दी सर्लाहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने र सोही विद्यालयका प्रअ विष्णुबहादुर पोखरेल समेतले विद्यालयमा कोटा दरबन्दीमा शिक्षक नियुक्त गर्दा रु चार लाख घुस लिँदालिँदै पक्राउ गरिएको हो ।

उनीहरुलाई लालबन्दी नगरपालिका–७ स्थित नमस्ते होटलबाट पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्