गौशाला नगरपालिका–२ का १८ वर्षीय भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाइएको छ । वि.सं. २०७३ कात्तिक १६ गते स्थानीय तीन वर्षीया बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको मुद्दामा जिल्ला अदालत महोत्तरीका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले सो फैसला सुनाएको हो । जिल्ला प्रहरी कार्यालयले मंगलबार दिएको जानकारीअनुसार…